मलेसियामा बस दुर्घटना: नेपाली कामदारसहित १४ जना घाइते

काठमाडौँ। मलेसियाको तपाहमा यात्रुवाहक बस दूर्घटना हुँदा नेपाली कामदारसहित १४ जना घाइते भएका छन।
सोमवार बिहान करिब पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको स्थानीय संचार माध्यामहरुले जनाएका छन।
बसमा १९ देखि ४२ बर्ष उमेर समुहका कामदार सवार रहेको प्रहरीले जनाएको छ। उनीहरु हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका निस्केका थिए।
३० यात्रु सवार रहेको बसमा १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ।
बस दुर्घटना