नेपाल आज समाचार प्रभाव : जनगायक शर्माका छोराको उपचार खर्च जुट्यो

नेपाल आज समाचार प्रभाव : जनगायक शर्माका छोराको उपचार खर्च जुट्यो

काठमाडौँ । जनगायक जीवन शर्मा छोराको उपचारलाई लिएर चिन्तित बनेको तथा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले गायक शर्माका छोरालाई बचाउनका लागि रकम आह्वान गरेको समाचार नेपाल आजले ब्रेक गरेसँगै अमृत शर्माको उपचारका लागि ठूलो सहयोग रकम जुटेको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी थिइन ।

त्यस्तै युवा नेतृ भगवती न्यौपानेले पनि जन गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारका लागि सहयोगको आव्हान गर्दै आफ्नो फेसबुक पेजमा स्ट्याटस लेखेपछि बेलायत बस्ने नेपालीहरुले साठी हजार रकम सहयोग गरेका छन् । सो रकम आइएमी मार्फत पठाएका छन । नेतृ चौधरी र न्यौपानेले जन गायक शर्मालाई महाराजगन्जको शिक्षण अस्पतालमा भेट गरि रकम हस्तान्तरण गरेका छन् । 
 
खाश के भएको थियो अमृतलाई ?

अमृत शर्मा जनगायक शर्माका माइला छोरा हुन् । उनको अन्ननलीमा बडादशैँको नवमीका दिन मासु खाँदाखाँदै अमृतले पेटमा बेस्सरी दुःखेको परिवारमा जानकारी गराए । ग्याँस्ट्रिकको समस्या भन्ठानेर परिवारका सदस्यले घरमैँ आराम गर्न लगाएका थिए । तर अन्ननलीमा मासुको हड्डी छिरेको थियो ।

समस्या बल्झँदै गएपछि अमृतलाई ग्रिनसिटी अस्पताल लगिएकोमा त्यहाँबाट वीर अस्पताल, वीरमा पनि नमिलेपछि टिचिङ लगियो जहाँ अमृतको करिब ९ घण्टा लगाएर अन्ननलीको शल्यक्रिया गरिएको थियो । 

शर्माका छोरालाई पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ । सिँगान र खकारजस्ता बिकार बाहिर निकाल्न छातीमा अर्को प्वाल बनाइएको छ ।

अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्यसलाई काटेर फाल्नु परेपछि अमृत शर्माको अहिलेको आहारा मुखबाट चल्दैन, सिधै पेटबाट हुन्छ । 


र, यो पनि हेर्नुहोस :
जीवन शर्मालाई सहयोग गर्न सांसद शान्ता चौधरीको आग्रह (भिडियाेसहित)

जीवन शर्मा

संम्बधित खबर

विशेष