बसको ठक्करले दुई जनाको मृत्यु, राजमार्ग अवरुद्ध
कैलाली– पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड स्थानीयले अवरुद्ध पारेका छन् । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले उक्त सडक खण्ड अवरुद्ध पारेका हुन् ।
आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले स्थानीयले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको बताए । बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेसक्याम्पमा छलफल चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।