विदेश

सन् ८५० गोठालाले पत्ता लगाएका थिए कफी

सन् ८५० गोठालाले पत्ता लगाएका थिए कफी

सन्दर्भ इथियोपियाको हो । काल्दी नाम गरेको एउटा गोठालो बाख्रा, बाख्री चराउँदैथ्यो । एक्कासी केही बाख्रीले एउटा अज्ञात जंगली बोटका राता बयरहरु चपाइदिए । बयर चपाउनासाथ ती बाख्रीहरु फूर्तिका साथ बुर्लुक्क बुर्लुक्क उफ्रिन थाले । काल्दीलाई लाग्यो– पक्कै पनि बयरमा कुनै नशालु पदार्थ छ । उसले केही बयरहरु कुनै नशालु कुरा छ । उसले केही बयर टिप्यो र गएर गाउँको पादरीलाई दियो । अनि जम्मै बृतान्त सुनायो ।

पादरीले ती बयर पानीमा उमाल्यो र त्यसपछि आफ्नो जीउमा चुस्तीफूर्तीको सञ्चार भएको महसूस भयो । पहिले ऊ चर्चमा प्रार्थनाका बेला निदाउन थाल्थ्यो । तर अब उ घण्टौं चर्चमा उपदेश दिन सक्ने भयो । त्यसकारण उसले सुस्ती र निद्रा भगाउन बयर उमालेर खाने सल्लाह दियो । यसरी कफी पिउने चलन इथियोपियाभरि नै फैलियो । यो घट्ना सन् ८५० को हो । 

इथियोपियाबाट कफीको चलन अरब पुग्यो । १३ औं शताब्दीताका अरबमा कफी लोकप्रिय पेय थियो । अरबबासी कफीको निर्यात त गर्दथे तर बीउ अथवा बोट दिँदैनथे । यसो गर्दा आफ्नो कफीको व्यापार ठप्प होला भन्ने सोचेर उनीहरु डराउँथे । तैपनि लुकीचोरी कफीका बोट केही अन्य देशहरुमा पुगे । भारतबाट आएका हजयात्रीहरुले कफीका बोट उखेलेर चोरेर लगे । सन् १६९० मा डचबासीहरुले पनि केही बोट चोरेर लगे । यसप्रकार जावामा यसको खेती प्रारम्भ भयो । यी देशहरुमा लोकप्रिय भइसकेपछि कफी विस्तारै विस्तारै संसारभर फैलियो । 

कफीमा क्याफीन नामक रसायन पाइन्छ, जसले दिमागलाई उत्तेजित पार्छ । यही कारण बुद्धिजीवीहरुले कफीलाई सर्वाधिक रुचाए । बुद्धिजीवीहरुको अड्डाबाजीका लागि प्रख्यात ‘कफी हाउस’ले युरोपमा जन्म लियो । यही कफी हाउसमा नै धेरैवटा क्रान्ति, आन्दोलन र विद्रोहको जन्म भएको छ । 
कफीका दानाबाट कफी बनाउनु एउटा कठिन र निपूर्णता चाहिन काम हो । यो जोसुकैको वशको विषय होइन । त्यसकारण ‘इन्स्टेन्ट कफी’ तयार गरियो ।

सबभन्दा पहिले सन् १९०१ मा इन्स्टेन्ट कफी बनाइयो । यसमा कुनै तामझाम थिएन । पहिलो विश्वयुद्धको बेला अमेरिकी सेनाले देशमा उपलब्ध सम्पूर्ण इन्स्टेन्ट कफी किनेको थियो । यसै कारण यो कठिनाइबाट बच्न दोस्रो विश्वयुद्धका बेला अमेरिकी सरकारले २६ करोड पाउण्ड कफी एकैसाथ किन्यो । 
एउटा समय थियो– जब फ्रान्स र इङल्याण्डमा कफीलाई हरेक रोगको ओखती मानिन्थ्यो ।

रुघाखोकीदेखि लिएर विफरसम्ममा कफी पिउने सल्लाह दिइन्थ्यो । तुर्कीमा कफी यति बढी लोकप्रिय थियो कि विवाहको बेला बेहुलाले सबैको अगाडि शपथ लिनुपथ्र्यो कि उसले जीवनभर बेहुलीलाई कफी ख्वाउने छ । गुणस्तरीय कफी कस्तो हुन्छ ? चाल्र्स मौरिस टेलिरेडकाअनुसार कफी शैतानजस्तो कालो, नर्कजस्तो तातो, फरिश्ताजस्तो शुद्ध र मायाजस्तो मीठो हुनुपर्छ । 
 

इथियोपिया कफी

विशेष