कालङ्गा जलविद्युत आयोजनामा पुरिएका अर्का एकको शव निकालियो
बझाङ । बझाङको बुङ्गल नगरपालिकाको कालङ्गा जलविद्युत आयोजनाको सुरुङमा फसेका अर्का एक जनाको पनि शव निकालिएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट गएको उद्धार टोलीले उनीहरुको शव सुरुङबाट निकालेको हो । सुरुङमा पुरिएर चार जनाको मृत्यु भएको थियो ।
सुरुङभित्र मृत्यु हुनेहरुमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही तथा अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी छन्। सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निस्सासिएर थुनिएका थिए ।
अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएका थिए । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन्।