News

आलमको बयान किन रोकियो ?

आलमको बयान किन रोकियो ?

रौतहट । बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद अफताव आलमको बयान रोकिएको छ । मिसिलको नक्कल नपाएको भन्दै आलमका कानुन व्यवसायीहरुले पहिले मिसिलको फोटो कपि आफुहरुलाई उपलब्ध गराउन माग गरेका कारण आलमको बयान रोकिएको हो ।

उनलाई बयानका लागि रौतहट जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो । सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

आलमको पक्षबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला लगायत १२ जना बहसका लागि नाम लेखाएका छन् । बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह-न्यायधिवक्ता राम प्रसाद पन्थी, महान्याधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सुर्यराज दाहाल, अर्जुन प्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी र आफैले बहस गर्ने छन् ।

विशेष