News

एक घण्टाकाे बयानपछि आलमलाई प्रहरीको जिम्मा

एक घण्टाकाे बयानपछि आलमलाई प्रहरीको जिम्मा

काठमाडौं। १२ वर्ष पहिलेको सामूहिक हत्याकाण्डको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको आज रौतहट जिल्ला अदालतमा सामान्य सोधपुछ भएको छ।

उनलाई बयानका लागि भोलि फेरि अदालतमा उपस्थित गराइनेछ।

बिहान १० बजे अदालतमा पुर्‍याइएकोमा तीन बजेपछि मात्रै बयान भएको थियो। एक घण्टाको बयानपछि उनलाई भोलि फेरि उपस्थित हुनेगरि अदालतले प्रहरीको जिम्मा लगाएको छ। सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

आलमको पक्षबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला लगायत १२ जना बहसका लागि नाम लेखाएका छन् । बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह-न्यायधिवक्ता राम प्रसाद पन्थी, महान्याधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सुर्यराज दाहाल, अर्जुन प्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी र आफैले बहस गर्ने छन् ।

विशेष