News

आलमलाई ३२ बर्ष कैद सजायको माग

आलमलाई ३२ बर्ष कैद सजायको माग

जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए ।

तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन ०६४ साल चैत २७ गते आलमले निर्वाचनमा विजय हुन आफ्नै काका शेष इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा यमुनामाई गाउँपालिका निवासी २२ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको आरोप लगाइएको छ। 

यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् । 

 

अफ्ताब आलम

विशेष