News

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छ: माधवकुमार नेपाल

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चेतावनी पनि दिए। गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका विभेदको अन्त्य हुने गरी ब्रिटिस सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेता नेपालले भुतपूर्व गोर्खा सैनिकहरुले व्रिटिस सरकारबाट भोग्दै आएका विभेदकारी नीतिको अन्त्य गर्न सम्बन्धित सबै पक्षले एकतावद्ध भएर मुकाविला गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।  

माधव कुमार नेपाल

विशेष