News

रोजगारीका लागि युएई जाने कामदारले सेवा शुल्क बुझाउनु नपर्ने

रोजगारीका लागि युएई जाने कामदारले सेवा शुल्क बुझाउनु नपर्ने

काठमाडौँ।  संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्कबापतको रकम तिर्नु नपर्ने भएको छ । कामदार पठाउँदा म्यानपावर कम्पनीले यूएईका रोजगारदाताबाटै सेवा शुल्क पाउनेछन् । 

५ महिनाअघि नेपाल र यूएईबीच भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न काठमाडौंमा २ दिनसम्म बसेको दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठकले कामदार र रोजगारदाताको लागत खर्चमा सहमति गरेको हो ।

सहमतिसँगै सोमबारबाट औपचारिक रूपमा नयाँ समझदारी कार्यान्वयन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । श्रम समझदारी भए पनि लागत खर्च टुंगिएको थिएन । समझदारीमा कुन शीर्षकमा, कसले, कति तिर्ने भन्ने विषयलाई प्राविधिक समूहको बैठकले टुंग्याउने भनिएको थियो ।

यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन।  

युएई

विशेष