इन्टरनेट स्पिडको मामलामा भारत नेपाल र पाकिस्तान भन्दा पनि पछाडी
मोबाईल इन्टरनेट गतिको मामलामा भारत संसारको १२८ औं स्थानमा परेको छ।
ब्रोडब्यान्ड स्पीडको विश्लेषण गर्ने कम्पनी ‘ओकला’ ले सेप्टेम्बर २०१९ का लागि जारी रिपोर्टमा भारत श्रीलङ्का, पाकिस्तान र नेपालभन्दा पनि पछि रहेको छ।
‘ओकला’ को विश्वव्यापी स्पीड परीक्षण सूचांकका अनुसार संसारमा औसत डाउनलोड स्पिड २९.५ मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) र अपलोड स्पिड ११.३४ एमबीपीएस छ । भारतमा अपलोड स्पिड ४.३८ एमबीपीएस र डाउनलोड स्पिड ११.१८ आसपास पाइएको छ ।
९५.११ एमबीपीएसको डाउनलोड र १७.५५ एमबीपीएसको अपलोड स्पिडका साथै दक्षिण कोरिया शीर्ष स्थानमा छ । दक्षिण एशियाली देशमा श्रीलङ्का मोबाइल नेटवर्कको तीब्र गतीको मामलामा ८१ औं स्थानसहित सबैभन्दा माथि छ । नेपाल ११९ औं स्थानमा छ भने पाकिस्तान ११२ औं स्थानमा छ ।
इन्टरनेट स्पीड