बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागेर युवकको मृत्यु

ओखलढुंगा। बाँदर धपाउन पड्काएको भरुवा बन्धुकको छर्रा लगेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोलुङ गाउँपालिका–३ थुम्किका १७ वर्षीय लालमान तामाङ रहेका छन।
आइतबार घर नजिकैको खेतमा बाँदर धपाउन उनी लालमानसँगै एक समुह भरुवा बन्दु लिएर निस्केका थिए। बन्दुकसहित निस्किएका उनीहरु मध्ये एकले बोकेको बन्दुक अचानक पड्किएपछि तामाङको देब्रे तिघ्रमा लागेर उनी गम्भीर घाइते भए।
बन्दुक पड्किएर गम्भीर घाइते भएका लालमानको उपचारका लागि अस्पताल लादै गर्दा एम्बुलेन्समा नै मृत्यु भएको आफन्तहरुले जनाएका छन।
भरुवा बन्दुक युवकको मृत्यु