News

घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, "भाउजु तपाई अति नै राम्री हुनुहुन्छ"

घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, "भाउजु तपाई अति नै राम्री हुनुहुन्छ"

एक ब्यापारीका लागि छठमा ढोका थुनेर घर जानु निकै नै महँगो साबित हुन पुग्यो। एक चोरले उनले घरमा आएर ६० लाख चोरी गर्यो र व्यापारी र उनकी श्रीमतीबारे आफ्नो भावना ऐनामा लेखेर फरार भयो। 

यो घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरेको छ । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ । 

यसपछि चोरले ड्रेसिङ टेबलको सिसामा लिपिस्टिकले लेखे  ‘भाउजु तपाई निकै नै राम्री हुनुहुन्छ’ दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरेका छन । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईले धेरै धेरै उन्नती गर्नुहोस 

चोरले दराजदेखि खाट वरिपरिका सबै समानहरु अस्तव्यस्त पारिदिएको छ । पीडितले पत्रकार नगर थानामा चोरीको केस दर्ता गरेका छन् ।

चोरको करामत

विशेष