नेकपा सचेतक शान्ता चौधरी चड्ने स्कारपियो दुर्घटना

दाङ। नेकपा सचेतक तथा प्रतिनिधिसभाकी सदस्य शान्ता चौधरी चड्ने गाडी दुर्घटनामा परेको छ।
बा २ झ २८७१ नम्बरको स्कारपियो लमही–घोराही सडक खण्ड कुलमोडस्थित सोमवार राती सडकबाट झण्डै सय मिटर तल अर्जुनखोलामा खसेको हो।
सांसद चौधरीलाई घोराही छोडेर लमहीतर्फ फर्किदै गर्दा अचानक राती ११ बजे उक्त गाडी दुर्घटना भएको चालक रतन चौधरीले बताएका छन।
चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
शान्ता चौधरी