विदेश

अमेरिकामा घातक सुई प्रयोग गरि मृत्युदण्ड

अमेरिकामा घातक सुई प्रयोग गरि मृत्युदण्ड

वासिंगटन।  अमेरिकाको साउथ डकोटास्थित सोमवार एकजना व्यक्तिलाई घातक सुई प्रयोग गरि मृत्युदण्ड दिइएको छ।  

 सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको आरोपमा ६३ बर्षिय चाल्र्स राइन्सलाई अन्तिम अपिल खारेज संगै मृत्युदण्ड दिइएको अमेरिकी उच्च अफालातले जानकरी दिएको छ।  

राइन्सका वकीलहरुले भने समलिङ्गी भएकै कारण उनलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए । तर साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरे । 
 

मृत्युदण्ड सुई

विशेष