News

प्रदेश प्रमुखबारे निर्वाचन आयाेगकाे यस्ताे निष्कर्ष, ओली–प्रचण्ड भए खुसी

प्रदेश प्रमुखबारे निर्वाचन आयाेगकाे यस्ताे निष्कर्ष, ओली–प्रचण्ड भए खुसी

काठमाडौं- प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको निर्वाचन आयोगले जनाएकाे छ।

प्रदेश प्रमुखहरुको पदमुक्त र नयाँ नियुक्ती तथा मन्त्रिमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने निर्वाचन आयुक्त ईश्वरी पौडेलले स्पष्ट पारे।

सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरिएको छैन्, बुधबार काठमाडौंमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन आयुक्त पौडेलले भने ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन्।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि बताए।

सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ। तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बूँदामा ती विषय उल्लेख नभएकाले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्त गर्ने सरकारको कामबाट निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न नमिल्ने जनाएको छ। निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि स्मरण गराए। 

विशेष