News

उपनिर्वाचन उमेदवारले कति खर्च गर्न पाउँछ?

उपनिर्वाचन उमेदवारले कति खर्च गर्न पाउँछ?

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उमेदवारको खर्च सीमा तोकेको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस्तै प्रदेशसभा उमेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजारसम्म, वडा अध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
बिहीबार कास्की २ प्रतिनिधसभा र भक्तपुर प्रदेशसभा १ को (क), बाग्लुङ प्रदेशसभा २ को (ख) र दाङ प्रदेशसभा ३ को (ख) मा उमेदवारी दर्ता हुँदैछ ।

विशेष