News

मिलेमतोमा भ्रष्टाचार: बिचौलियासंग धान किन्छ खाद्य संस्थान

मिलेमतोमा भ्रष्टाचार: बिचौलियासंग धान किन्छ खाद्य संस्थान

काठमाडौँ।  नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ।

धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

किसानलाई धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ का लागि मन्त्रिपरिषद्को २०७५ साउन २३ गतेको निर्णयबाट रोपाइँ हुँदाकै समयमा न्यूनतम मूल्य तोकिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन। 

 

खाध्य संस्थान

विशेष