News

अब नेपालबाट भोकमरी अन्त्य गर्नुपर्छ, पराष्ट्रमन्त्री ज्ञवाली

अब नेपालबाट भोकमरी अन्त्य गर्नुपर्छ, पराष्ट्रमन्त्री ज्ञवाली

 काठमाडौँ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुपोषण र भोकमरी अन्त्य गर्न सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोषणसेवा विस्तार अभियानको पाँचौं विश्व सम्मेलनको दोस्रो दिन मंगलबार आयोजित एक सत्रमा उनले यस्तो बताएका हुन् । सम्मेलनको नारा ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ रहेको छ । ज्ञवालीले ‘काठमाडौंदेखि टोकियोसम्म र त्यसपछि पनि स्वस्थ र स्तरीय पोषित भविष्य’ विषयमा बोल्दै सबै प्रकारका कुपोषणविरुद्ध लड्न जनचेनता फैलाउने बताए । 

सन् २०२० मा जापानको राजधानी टोकियोमा विश्वस्तरीय पोषणसम्बन्धी कार्यक्रम हुँदै छ । मंगलबारको छलफल सत्रमा आइभरी कोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले नेपालले पोषण क्षेत्रमा उत्कृष्ट काम गरिरहेको जनाउँदै आफ्नो मुलुकले पनि त्यसलाई पछ्याउने बताए । भोको मान्छे कहिल्यै पनि स्वतन्त्र नहुने उनको भनाइ थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

विशेष