News

सवारी दुर्घटनाको कहालीलाग्दो तथ्यांक: हरेक दिन ७ जनाको जान्छ अकालमा ज्यान

सवारी दुर्घटनाको कहालीलाग्दो तथ्यांक: हरेक दिन ७ जनाको जान्छ अकालमा ज्यान

काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो ।

जसअनुसार आर्थिक वर्ष २०७१/०७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२/०७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३/०७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ । ५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन।  

सवारी दुर्घटना कहालीलाग्दो तथ्यांक

विशेष