News

मह काड्न गएका मह शिकारीको खसेर मृत्यु

मह काड्न गएका मह शिकारीको खसेर मृत्यु

लमजुङ। मह काड्न गएका शिकारीको भिरबाट खसेर मृत्यु भएको छ।   

लमजुङकाे दोर्दी गाउँपालिका-६  छोटे खोलामाथिको क्लेंचे भिरमा मह काड्न गएका एकजना शिकारीको भिरबाट खसेर मृत्यु भएको छ।

मंगलवार दिउँसो मह काढ्दै गरेका दोर्दी गाउँपालिका-६ झुमस्वाँराका २६ वर्षीय गोरे भनिने गोपाल गुरुङको भीरबाट खसेर मृत्यु भएको हो।  

मह काढ्ने क्रममा समातेको डोरी हातबाट फुस्किँदा खसेर गुरुङको मृत्यु भएको स्थानीय धर्म गुरुङले बताएका छन। उनीसंगै अन्य १२ जनाको टोली मह काड्न छोटे खोलादेखि करिब २ किलोमिटरमाथि पर्ने क्लेंचे भिरमा गएका थिए। 

 मह काढ्ने प्रयोग गरिने चोयाबाट निर्मित प्रों छो (भर्‍याङे डोरी) समात्ने क्रममा हात फुस्किएपछि गुरुङ भुईमा पछारिएका थिए। उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमो मृत्यु भएको बताईएको छ।  

उनि बिगत तिनबर्षदेखि भिरमौरीको मह काड्दै आइरहेका थिए।  

 

मह शिकार

विशेष