झुल्किएर पनि दोस्रो व्यक्तिलाई भन्नु हुदैन यी कुराहरु, जान्नुहोस कारण
हरेक व्यक्तिको जीवनमा सुख दुख आइरहन्छ। सुखदुखलाई जीवनको हिस्सा पनि मान्ने गरिन्छन। सुखमा मात्तिने र दुखमा आत्तिने काम मानवले कहिल्यै पनि गर्नु हुदैन। हरेक दुख र संघर्षलाई मुकाबिला गरेर अगाडी बढ्न सक्नु नै मानिसको सबैभन्दा ठुलो शक्ति हो।
भनिन्छ आफ्ना दुखहरु अरुलाई शेयर गर्यो भने मन हल्का हुन्छ तर केहि यस्ता कुरा जुन भुलेर पनि दोस्रो व्यक्तिलाई भन्नु हुदैन। त्यो के कुरा हो त आउनुहोस जानिराखौं
-कुनै गुरुद्वारा लिइएको मन्त्रलाई सधै गोप्य राख्नु पर्छ। जसले गर्दा मन्त्र सार्थक हुन्छ।
- त्यस्तै धार्मिक ग्रन्थमा गुप्त दानको व्पानी बिशेष महत्व रहेको उल्लेख गरिएको छ। जो व्यक्तिले गुप्त दान गर्छ सो व्यक्तिलाई अक्षय पुण्य प्राप्त हुनका साथ साथै विभिन्न देवी देवताको आशिर्वाद प्राप्त हुन्छ। दोस्रो व्यक्तिलाई जानकारी गराएर गरिएको दानले कहिल्यै पनि लाभ मिल्दैन
-पति पत्नीबीचको झगडा पनि दोस्रो व्यक्तिलाई भन्नु हुदैन। किनकि तपाईहरुबीचको झगडाको फाइदा कुनै बेला दोस्रो व्यक्तिले उठाउन सक्छ
-कतिपय मानिसहरु अरुभन्दा आफुलाई जवान देखाउनका लागि उमेर लुकाउने गर्छन यो सहि कुरा हो किनकि उमेर गोप्य राख्नाले आफ्नो उमेर आफैमाथि हाबी हुदैन र शरीरमा उर्जा र उत्साह एकनास प्राप्त भईरहन्छ।
-औषधीलाई पनि दोस्रो व्यक्तिले नदेख्ने गरि प्रयोग गरेमा यसको असर छिट्टै देखा पर्छ। त्यस्तै घाम र ओसबाट पनि औषधीलाई जोगाएर राख्न सकेको खण्डमा यो बढी प्रभावकारी हुन्छ।