अतिक्रमित संरचना हटाउने क्रममा घर मालिकको मृत्यु
बर्दिया– सडक बिस्तारकाे लागि अतिक्रमित संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ।
गुलारिया वडा नं. ७ स्थित दुर्गा गेष्ट हाउसको संरचना हटाउने क्रममा सोही गेष्ट हाउसका मालिकमा ६५ वर्षीय भवि प्रसाद पौडेलको ज्यान गएको हो। पौडेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
अन्य दुई जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल गुलारियामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।
मृत्यु अतिक्रमित संरचना घर मालिक