News

भारतको नक्साप्रति प्रचण्डको आपत्तीः भने– ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो’

भारतको नक्साप्रति प्रचण्डको आपत्तीः भने– ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो’

घोराहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले हालै सार्बजनिक भएको भारतीय नक्साप्रति आपत्ती जनाएका छन् । प्रेस संगठन दाङले बुधबार आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आपत्ती जनाएका हुन् ।

भारतले सार्बजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै यस विषयमा पार्टी र सरकारको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।  उनले यस विषयमा आफू प्रधानमन्त्री भएको समयमा भारतको ध्यानाकर्षण गराएको स्मरण गराउँदै अहिले पनि समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको बताए । 

पत्रकारहरुले सोधेको प्रश्नको जावफ दिदै अध्यक्ष प्रचण्डले मुलुकमा स्थायी राजनीतिका लागि पार्टी एकता भएको भन्दै बर्तमान सरकार नै ५ बर्षका लागि गठन गरिएको बताए । आलोपालोमा सरकार गठनका कुरा अब इतिहास भएको अध्यक्ष प्रचण्डले प्रष्ट पारे । 

अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले पूर्ब सभामुख कृष्णबहादुर महराले नैतिक कमजोरी गरेको र अदालत मार्फत् समस्या समाधान हुने बताए । 

प्रचण्ड कालापानी नेपाली भूमि

विशेष