नारायणी नदीमा फाल हानेर पुरुषले गरे आत्महत्या प्रयास, अवस्था गम्भीर
भरतपुर। चितवनको भरतपुर–३, नारायणगढस्थित नारायणी पुलमा एकजनाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन।
बुधवार बिहान करिब साढे ९ बजेतिर अन्दाजी ५० बर्षिय एकजना पुरुषले नारायणी पुलबाट नदीमा हाम फालेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।
घटनाको जानकारी पाउनासाथै घटनास्थल पुगेको प्रहरी टोलीले उनको उद्धार गरेको छ। पहिचान नखुलेका ति पुरुष हाल भरतपुर अस्पतालमा गम्भीर अवस्थामा उपचारत छन।
नारायणी पुल