News

हरिबोधनी एकादशीका दिन यसो गर्नुहोस हुनेछ लाभ

हरिबोधनी एकादशीका दिन यसो गर्नुहोस हुनेछ लाभ

कार्तिक महिनाको शुक्लपक्षको एकादशीको दिन हरोबोधानी एकादशी मनाउने गरिन्छ।  यस दिन भगवान बिष्णु चार महिनाको निन्द्राबाट ब्युझिने र शुभ कार्यको सुरुवात हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। यसै दिन तुलसीको बिवाह भगवान शालिग्रामको साथमा गर्ने गरिन्छ। वैवाहिक जीवनमा कठिनाई देखिएका दम्पतीले हरिबोधनी एकादशीको दिन यी सामान्य कुरामा ध्यान दिएको खण्डमा दाम्पत्य जीवनमा देखिएको दरार हट्ने बिश्वास गरिन्छ।   

-विवाहको समयमा तुलसीको बिरुवालाई आँगन, छत या पुजास्थलको बिचमा राख्ने 

- तुलसीको मण्डप सजावटका लागि उखुको प्रयोग अवश्य गर्नुहोस।  

-बिवाह सुरु गर्नु भन्दा पहिले तुलसीको बोटमा घुम्टो ओढाउने 

-गमलामा शालिग्राम राखी चामलको अलावा तिल जौं चढाउने।  

-त्यसपछि ११२ पटक तुलसीको परिक्रमा गर्ने 

यदि यी सामान्य उपाय अपनाउन सकेको खण्डमा वैवाहिक सम्बन्ध सुमधुर हुनका साथै परिवारमा खुसियाली छुने मान्यता रहेको छ।  

 

हरिबोधनी एकादशी तुलसी बिवाह

विशेष