News

मासु खाने विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

मासु खाने विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

लहानः सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ । 

पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिए । 

घटनापछि पासवान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मासु सिरहा हत्या

विशेष