News

क्रिकेटर सन्दिप लामिछानेले बुढानिलकण्ठमा किने घर

क्रिकेटर सन्दिप लामिछानेले बुढानिलकण्ठमा किने घर

काठमाडौँ ।  नेपालका युवा क्रिकेटका स्टार सन्दिप लामिछानेले घर किनेका छन।  उनले बुढानिलकण्ठमा फराकिलो कम्पाउण्डसहितको आकर्षक घर किनेका हुन् ।  

१६ बर्षको उमेरदेखि राष्ट्रिय क्रिकेटमा आवद्ध सन्दिपले सानोसमयमा नै ठूलो लोकप्रियता हासिल गर्न सफल भएका छन् ।  

हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि-१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् । 

इन्डियन पि्रमियर लिग (आईपीएल)मा खेल्न थालेयता सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन । उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । 

स्याङ्जामा जन्मिएर चितवन स्थायी घर भएका सन्दिपले घर किनेपछि आमाबाबुलाई पनि काठमाडौँ ल्याएर राखेका छन।  

सन्दीपले यो घर ६ करोड रुपैयाँमा खरिद गरेको भन्ने चर्चा छ । तर उनका म्यानेजर रमण सिवाकोटीले भने घरको मूल्य आफूलाई थाहा नभएको बताएका छन् ।   

सन्दिप लामिछाने

विशेष