News

त्रिभुवन विमानस्थलमा पुनः ‘ड्युटी फ्रि शप’ सञ्चालन हुँदै 

त्रिभुवन विमानस्थलमा पुनः ‘ड्युटी फ्रि शप’ सञ्चालन हुँदै 

काठमाडौंः ११ बर्षअघि रोकिएको ‘ड्युटी फ्रि शप’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको समाचार आजको आर्थिक अभियानमा छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ‘ड्युटी फ्रि शप’ पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

२०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्रि शप’  बन्द छ ।

त्रिभुवन विमानस्थल ड्युटी फ्रि शप

विशेष