केटी काण्डवाला विप्लवद्वारा कर्याप्पै

केटी काण्डवाला विप्लवद्वारा कर्याप्पै

सत्ता र विद्रोहीका काममा हत्तपत्त समानता पाइँदैन । तर, त्यस्तै संयोग देखिएको छ । सरकारले जुवा–तासजस्ता सामाजिक विसंगतिमाथि निर्ममतासाथ कारवाही अगाडि बढाउँदै त्यसका कसुरदारमाथि सम्पत्ति शुद्धिकरणसम्मको मुद्दा लगाउँदैछ । सशस्त्र विद्रोहरत विप्लव नेतृत्वको नेकपा पनि अहिले त्यही अभियानमा छ, जुवा, तास र तस्करी नियन्त्रण गर्ने ।

प्राप्त गोप्य सर्कुलरअनुसार उसले पार्टी पुनर्गठन भएको दिन अर्थात मंसिर ८ गते महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई युट्युब अन्तर्वार्तामार्फत सार्वजनिक गर्दैछ । प्रचण्डहरुबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, सांस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसंगै शहीद परिवारसहित जनयुद्धका घाइते–अपांग, बेपत्ता परिवारलाई सम्मान, क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वृद्धवृद्धाको सम्मा, भेटघाटजस्ता कार्यक्रम तय गरिएको छ । 

त्यसअघि मंसिर ५ गते खेलकुद कार्यक्रमको आयोजना गरिने सर्कुलरमा उल्लेख छ । विभिन्न स्थान र समयमा पक्राउ परी बन्दी जीवन व्यतीत गरिरहेका पार्टी नेता, कार्यकर्तामाथि मारपिट गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने व्यहोरा पनि त्यसमा छ । यसरी विप्लव समूहले सामाजिक विसंगतितर्फ हात हाल्ने भएको हो । प्राप्त सर्कुलरमा उल्लेख भएका विप्लवका नयाँ नारा यस्ता छन– ‘लागूपदार्थ निषेध गरौं । लागूपदार्थ व्यापारीलाई कारवाही गरौं । देहव्यापार बन्द गरौं, देहव्यापारीलाई कारवाही गरौं । विषादी रक्सी बन्द गरौं । लुटेरा, गुण्डाहरुलाई कारवाही गरौं । अन्यायपूर्ण कर नतिरौं ।’

गत वर्ष पक्राउ परी रिहा भएका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको डायरीमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी ओलीको हत्याका लागि खटाइएका भनिएका असल अर्थात चन्द्र खड्का अहिले तीन महिना निलम्बनमा छन् । बुटवलस्थित पेन्सन क्याम्पमा विष्फोट गराएपछि सोको भिडियो लिक गरेर उनी पक्राउ परेका थिए । उनको रिहाइका लागि पूर्वमाओवादी, हाल सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर) सक्रिय भएका थिए । प्रभाकरसंग असलको रहस्यमय सम्बन्ध देखिएपछि छानविनका क्रममा उनी कारवाहीमा परेका हुन । 

त्यस्तै यौनकाण्डका कारण क.राकेश तीन महिने निलम्बनमा छन् । विधानको धारा २३ मा गरिएको विशेष व्यवस्थाअनुसार पार्टी वार्ड समिति गठन गरिने कुरा सर्कुलरमा उल्लेख छ । खड्ग विक प्रकाण्डका स्टाफ तथा पूर्वसांसद गमबहादुर श्रीष म्याग्दी जिल्ला इन्चार्ज थिए । उनी अर्थात क. विजेतालार्य स्कुलिङ विभागमा स्थानान्तरण गरिएको छ । विरामी विदा माग्ने मेचीका केन्द्रीय सदस्य सुमन लिम्बूलाई छुट्टी दिइएको छ । यसैगरी पूर्वेली तामाङ थरका राजीव र दंगाली खड्का थरका तिलकलाई युवा संगठनबाट व्यूरोमा तानिएको छ । प्रतिक घिमिरेलाई भारत प्रवासको जिम्मेवारीबाट सेती–महाकालीमा स्थानान्तरण गरिएको छ । 

त्यस्तै सुरक्षा निकायले गरेको अनुसन्धानबाट काठमाडौंमा विप्लवका केही फेला परेको छ । नयाँ बसपार्कस्थित भरत मोबाइल सेन्टरका सञ्चालक भरत बस्नेतसंग दुई लाख मागिएको, टोखास्थित बालुवा ठेकेदार राजेन्द्र खड्कासंग ५ लाख मागिएको मध्ये तीन लाख दिने सहमति भएको, १ लाख ५० हजार दिने जबर्जस्ती सहमति गराएको सुरक्षा निकायको दावी छ । 

बुढानिलकण्ठ ह्याचरी फर्मका सञ्चालक विनोद केसीसंग पाँच लाख, बालुवाटारस्थित एक स्वास्थ्य क्लिनिकका सञ्चालकबाट प्रवेश अधिकारीसंग २ लाख, नयाँबसपार्कस्थित न्यौपाने मोबाइल पसलका विष्णु न्यौपानेसंग एक लाख, त्यहीँका गोर्खा मोबाइल इम्पेक्सका ५ लाख मागिएको पनि अर्को दावी छ । महाबौद्धस्थित श्री पार्टस र ईनर्जी स्प्लायर्स नामक मोबाइल सफ्टवेयरका डिलरलाई पनि पत्र काटिएको छ ।  

जनआस्था साप्ताहिकबाट साभार ।

नेत्रविक्रम चन्द विप्लव केटी काण्ड

संम्बधित खबर

विशेष