पशुपति क्षेत्रमा दोस्रो चरणको तयारी सुरु
काठमाडौँ। भू-उपयोगसहितको पशुपति क्षेत्रको दोस्रो चरणको गुरुयोजनाबारे विज्ञले लिखित राय दिने कार्य सकिएको छ । योजनामा पशुपति क्षेत्रको पुरानो बस्तीलाई विस्थापित गर्ने गरी निर्माण योजना नपरेको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले जानकारी दिनुभएको छ ।
विज्ञले दिएको रायपछि अब स्थलगत रूपमा रेखाङ्कन गर्ने कार्य सुरु हुने भएको छ । यसअघि प्रस्तुत योजना स्वीकृतिका लागि कोषको सञ्चालक परिषदमा प्रस्तुत गर्ने तयारी भएको जनाइएको छ ।
पशुपति क्षेत्रले गुह्येश्वरी, तिलगङ्गा, सिफल, रातो पुल गरी कुल २६४ हेक्टर क्षेत्रफल ओगटेको छ । यसअघि १० वर्ष अवधिका लागि २०५६ सालमा पहिलो चरणको गुरुयोजना लागू गरिएको थियो । २०६७ सालसम्म पहिलो चरणको गुरुयोजना कायम रहेर यसपछि यो दोस्रो चरणको योजनाको तयारी भएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
पाशुपत क्षेत्र