पैसाको बचत गर्न सक्नु भएको छैन, उसो भए अपनाउनुहोस् यी उपाय
आफ्नो हातमा आएको पैसाको बचत गर्नु एक कला हो। यो कला जो कोहिसंग हुदैन। यदि तपाई पनि पैसाको उचित बचत गर्न नजानेर हैरान हुनुभएको छ भने यस्ता उपायहरु अपनाउनुहोस्। अहिलेको बचतले तपाईलाई भबिष्यमा कुनै काम गर्न रोक्ने छैन।
खर्चको लिस्ट बनाउने
कुनै काम गर्नुभन्दा अगाडी खर्चको लिस्ट बनाउनु आवश्यक छ जसले तपाईको कमाई र खर्चबिचको सन्तुलन कायम राखोस। यदि कुनै लक्ष्य लिएर खर्च गर्ने बानी बसालेमा पैसाको बचत हुन्छ।
क्रेडिट कार्डमा नियन्त्रण
कतिपय मानिसहरु खर्चका लागि क्रेडिट कार्डमा मात्र निर्भर हुने गर्दछन। जुन नराम्रो बानी हो। तपाई एक महिनामा जति रकम भुक्तानी गर्न सक्नुहुन्छ त्यति नै मात्रामा खर्च गर्दा राम्रो हुन्छ।
ऋण नराख्नुहोस्
सकेसम्म कसैको ऋण लिदै नलिदा नै राम्रो यदि लीनै परेको खण्डमा त्यसलाई जतिसक्दो छिटो फिर्ता गर्ने कोसिस गर्नुपर्छ। यदि तपाईको हातमा धेरै पैसा हाता परेको बेला कुनै सर-सामानमा खर्च गर्नुभन्दा जोसंग ऋण लिएको उसलाई फिर्ता गर्नुहोस
-एजेन्सीको सहयोगमा
पैसाको बचत