नारायणी पुलबाट हाम फालेर एकजनाको मृत्यु
चितवन। नारायणगढबजार नजिकै रहेको नारायणी पुलबाट हाम फालेर एकजना पुरुषको मृत्यु भएको छ।
बुधवार बिहान करिब ९:३० बजे अन्दाजी ५५ बर्षका एकजना पुरुषले नारायणी नदिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले जनाएका छन।
तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको उनले बताए ।