कास्कीको निर्वाचन कार्यालय नजिकै बम बिष्फोट

कास्की। कास्की जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको छ।
आउँदो मङ्सिर १४ गते हुन लागेको उपचुनावका लागि मनोनयन दर्ता भईरहेको बेला आज बिहान ११ बजे निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको हो।
जिल्ला निर्वाचन कार्यालयबाट २०० मिटर पर पर्यटक बसपार्कमा बम बिस्फोट भएको हो । घटना लगत्तै सुरक्षा सतर्कता बढाइएको छ ।
प्रहरीले यस घटनाका बारेमा केहि पनि जानकारी दिएको छैन तथापी विप्लप समुहले बिष्फोट गराएको हुन सक्ने आशंका गरिएको छ।
बम बिस्फोट