कुनै पनि नागरिक अब विद्युत सेवाबाट वञ्चित हुनु पर्दैनः मन्त्री पुन
सल्यानः ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले आगामी दुई वर्ष भित्रमा कार्णाली उज्यालो वनाउने वताएका छन् । कर्णाली प्रदेशका सबै वस्तीहरुमा विद्युत पुर्याउनका लागि संघिय सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ सल्यानले विहीवार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्ष पछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताए । उनले भने, ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन ।’
‘बिद्युतीकरणमा बिवगतका बर्षहरुमा बजेट बिनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो बातावरण सिर्जना नगर्नुस् आफना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्नुस्’ मन्त्री पुनले भने ।