हरिबोधनी एकादशी: तुलसी बिष्णुको विवाहको महत्व के ?
भगवान बिष्णु असार शुक्ल एकादशीदेखि ४ महिना सुत्ने र कार्तिक शुक्ल एकादशीका दिनदेखि जाग्छन। यी चार महिना देव शयनमा रहने भएकाले यस अवधिमा कुनै पनि मांगलिक कार्य गर्न बर्जित गरिन्छ। जब भगवान बिष्णु जागा हुन्छन तब गरिएका कार्यले सार्थक रुप लिन्छन। देव जागरण या उत्थान हुने भएकाले यस दिनलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ। देवशयनी एकादशीमा उपवास राख्नुको पनि छुट्टै महत्व रहेको छ। यस दिन उपवास राख्नाले मोक्ष प्राप्ति हुने विभिन्न धार्मिक शास्त्रमा उल्लेख गरिएको छ।
यस पटकको हरिबोधनी एकादशी कार्तिक २२ गते अर्थात् शुक्रवार परेको छ।
तुलसी विवाह अनि महत्व
भगवान बिष्णुले तुलसीका साथमा बिवाह गरेकाले उनले शालिग्रामको रुप धारण गर्नु परेको शास्त्रमा उल्लेख छ। त्यसिले शालिग्रामको स्वरुपमा सरी हरिको विवाह तुलसीका साथमा गर्ने गरिन्छ। तुलसी भगवान बिष्णुका सर्वाधिक प्रिय भएकाले उनलाई तुलसीको दल अर्पण गर्दा पनि प्रसन्न हुने मान्यता रहेको छ। यसको पछाडी प्रकृतिको संरक्षण र बैवाहिक सुखको कारण पनि जोडिएको छ। जसले तुलसी बिष्णुको विधिवत रुपमा पुजा सम्पन्न गर्छ उसको वैवाहिक सुख प्राप्त हुन्छ।
पुजा बिधि
तुलसीको सजावट गर्दा उखुको प्रयोग गर्ने
बिष्णुको प्रतिमा स्थापना गर्ने
भगवानलाई फल फुल तथा मिष्ठान्न अर्पण गर्ने
घ्युमा रातभर बत्ति बाल्ने
धुप बाल्ने शंख घण्टा बजाउने
पुजा सम्पन्न भएपछि ब्रत उपवासको कथा सुन्ने
शिघ्र विवाहका लागि के गर्ने
रातो या पहेंलो रंगको बस्त्र धारण गर्ने
शालिग्रामको स्नान गरि चन्दन लगाउने
शालिग्रामलाई पहेलो रंगको आसनमा बसाई तुलसी उनको हातमा समर्पण गराउने
त्यसपछि भगवानलाई प्रार्थना गर्ने
हरिशयनी एकादशी