विद्या भट्टराईले गराईन् उम्मेदवारी दर्ता 

विद्या भट्टराईले गराईन् उम्मेदवारी दर्ता 

कास्की । कास्की मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

कास्की–२ नेकपाका लागि सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ । यसअघिका तीनै निर्वाचनमा तत्कालीन एमालेका उमेदवार रविन्द्र अधिकारी निर्वाचित भएका थिए । गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि पार्टीले उनैका पत्नी भट्टराईलाई टिकट दिएको हो ।

कास्की–२ मा काङ्ग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी र विवेकशील नेपाली दलले जमुना शर्मालाई टिकट दिएको छ । 

विद्या भट्टराई

संम्बधित खबर

विशेष