बुधनगर-कटहरी रेलमार्ग विस्तार दुई महिनापछि थालिने
बिराटनगर। भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ ।
विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।
रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।
बुधनगरमा निर्माणको अन्तिम चरणमा रहेको आईसीपीसम्म रेलमार्ग निर्माण करिब अन्तिम चरणमा पुगेपछि सात महिना अगाडिदेखि रोकिएको थियो । एक महिनाभित्रै आठ किलोमिटर दूरीका लागि बोलपत्र खोल्ने प्रक्रिया अगाडि बढिसकेकोले निर्माणले पुनः निरन्तरता पाउने कुमारको दाबी छ।
यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।
रेलमार्ग