News

उपनिर्वाचनमा सेना परिचालन गरिने

उपनिर्वाचनमा सेना परिचालन गरिने

काठमाडौंः सरकारले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्ने भएको छ । कार्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले योसँगै १६ निर्णय गरेको छ ।

सरकारले युवा रोजगारी प्रवद्र्धन परियोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको करिब १३ अर्ब ६२ करोड सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ । 

यस्तै, एसियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहकायता स्वीकार गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका सहसचिव संयोजकत्वको वाताए टोली गठन गर्ने सरकारले निर्णय गरेको हो ।  

यही हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका पुराना प्रदेश प्रमुखलाई पद मुक्त गर्दै नयाँ नियुक्त गर्ने निर्णय समेत गरेको थियो ।  

उपनिर्वाचन सेना परिचालन

विशेष