News

कानुन पालना नगर्ने १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज

कानुन पालना नगर्ने १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज

काठमाडौंः प्रचलित कानुन पालना नगरेका १५ वटा शैक्षिक संस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको खारेजीमा परेका छन् । खारेजीमा परेका कलेजहरुमा मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायत छन् ।

खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । तर अधिकांसले शैक्षिक कार्यक्रम चलाएका छैनन् । मन्त्रालयबाट अनुमति लिएपनि नियमित रुपमा धरौटी रकम अध्यवद्यिक गर्नुपर्ने व्यवस्था छ । उनीहरुले वार्षिक रुपमा नविकरण पनि गर्नुपर्छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार खारेजीमा परेका शैक्षिक संस्थाहरुमा एजे वाइल्ड इन्स्टच्युट अफ एड्भान्स स्टडिज, ब्रिजवाटर इन्टरनेशनल कलेज, मल्पि इन्टरनेशनल कलेज, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, एभरेष्ट एजुकेसन फाउण्डेसन, काठमाडौं भ्यालि कलेज, पेन्टागन एजुकेसन नेटवर्क, ओरिएन्ट कलेज, सरिन भ्याली स्कुल (एपेक्स लाइफ स्कुल), साउथ वेस्टर्न स्टेन कलेज छन् । यिनीहरु सबै काठमाडौंका हुन् ।

त्यस्तै वुटवलको स्काइ इन्टरनेशनल कलेज र वेस्टर्न मेगा कलेज, धनगढीको वेस्टर्न इनटरनेशनल विज्नेस स्कुल तथा पोखराको कसमस इन्टरनेशनल कलेज र गण्डकी बोर्डिङ हाइअर सेकेण्डरी स्कुलको सम्बन्धन पनि खारेज गरिएको मन्त्रालयले बताएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

शैक्षिक संस्था शिक्षा मन्त्रालय सम्बन्धन खारेज

विशेष