मलेसियामा एक नेपाली कामदारको मृत्यु
मलेसियामा एकजना नेपाली कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन।
ड्युटी जान भनि निस्किएका यादवको अचानक बेहोस भई मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए। यादव मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत थिए।
बेहोस भई मृत्यु भएको भनिएको भएता पनि मृत्युको कारण भने खुल्ला नसकेको उनको परिवारिक स्रोतले जनाएको छ।
दुई वर्षअघि बैदेशिक रोजगारीका लागि मलेसिया गएका यादवको शवलाई नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ ।
मृत्यु