डायलासिसपछिको एक साता, प्रधानमन्त्री निरन्तर सक्रिय
काठमाडौँ। स्वास्थ्य उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेतासँग भेटघाटलाई तीव्रता दिएका छन्।
गत साताको बुधबार र बिहीबार डायलासिसपछि आराम गरिराखेका प्रधानमन्त्रीले दोस्रो दिनदेखि नै सरकार र पार्टीको बैठकमा सक्रिय सहभागी भएका छन्। शुक्रबार केही आराम गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग केहीबेर कुराकानी गरेका थिए। त्यसपछि शनिबार पार्टीको सचिवालय बैठक राखेका थिए।
शनिबार पार्टीका सचिवालय सदस्यसँग छलफल गरेपछि ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक राखेर सातवटै प्रदेश प्रमुख हटाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यस बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पार्टीका नेतालाई जानकारी गराएका थिए।
यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन।
प्रधानमन्त्री केपी शर्मा ओली