News

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन।  भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहिवार राती स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना ३६ प ९३२४ नंको स्कुटरले ठक्कर दिदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।  उनको सनाखत भने हुन सकेको छैन।  

पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल पनि गम्भीर घाइते भएका छन।  उनको हाल भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।   

पैदलयात्रुको मृत्यु स्कुटरको ठक्कर

विशेष