News

मिचिएको भूमि फिर्ता गर्न भारत र चीनविरुद्ध प्रदर्शन

मिचिएको भूमि फिर्ता गर्न भारत र चीनविरुद्ध प्रदर्शन

काठमाडौँ । चिन र भारतले नेपालका विभिन्न जिल्लामा भूभाग मिचेको भन्दै मौलिक जरोकिलो पार्टीले कोणसभामार्फत विरोध प्रदर्शन गरेको छ ।

पार्टीले आज काठमाडौँको गोंगबुमा कोणसभा गरी मिचिएका भूभाग फिर्ता ल्याउन सरकारसँग आग्रह गरेको हो । पार्टी प्रवक्ता लीला बहादुर बानियाँले चीनले चार जिल्लाका भूभाग र भारतले हालसालै नयाँ दिल्लीबाट प्रकाशित भारतको नक्सामा दार्चुला जिल्लाको कालापानी, लिपुलेक लिम्पियाधुरी क्षेत्रका नेपाली भूभाग गाभेकाले विरोधमा उत्रिएको बताए ।

मिचिएका भूभाग फिर्ताको लागि आवश्यक पहल गर्न सरकारलाई दवाव दिन कोणसभा आयोजना गरिएको उनको भनाइ छ । नेपाललाई कुनै जानकारी नगराईकन सन् २०१५ मा भारत र चीनले नेपाली भूमि लिपुलेकलाई भारत र चीन विचको द्धिपक्षीय सिमाना व्यापारिक केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर भयो।

यो नेपालको सार्वभौमिकसत्ता माथिको ठाडो हस्तक्षेप भयो।’ उनले चीनले पनि चार जिल्लाका भूभागमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले भने –‘उत्तर तिरको छिमेकी देश चीनबाट पनि नेपालसंग सिमाना जोडिएका ४ वटा जिल्लाका ११ ठाउँमा नेपाली भूभाग अतिक्रमणमा परेको कुरा नेपालका सिमाविज्ञहरूले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनले देखाउँछ।

छिमेकी मुलुकहरूबाट नेपाली भूमि बारम्बार अतिक्रमित भईरहँदा नेपालको सत्तासीन राजनीतिक नेतृत्वहरू र उच्च प्रशासनिक व्यक्तित्वहरू चुप रहनु वा यसको समाधानको लागि राष्ट्रि नीति बनाएर स्थायी समाधानको लागि कुनै पहलकदमी नहुनु अत्यन्त दुःखद पक्ष हो।’ जरो किलो पार्टीले चीन र भारत दुवै छिमेकी मुलुकसँग सौहार्दपूर्ण कुटनीतिक पहलकदमी अगाढी बढाउनु पर्ने सहभागीले धारणा राखे ।

नेपाल सरकारलाई दवाव दिन र छिमेकीहरूको सिमाना प्रवृत्तिको विरोध गर्नको लागि, नेपाली भूमिको सुरक्षाका लागि, नेपालको सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रिय अखण्डताको सुरक्षाको लागि सबै एक हुुनुपर्ने सहभागीहरुको धारणा थियो ।

विशेष