News

निरन्तरको अतिक्रमणले साँघुरिदै टुँडिखेल

निरन्तरको अतिक्रमणले साँघुरिदै टुँडिखेल

काठमाडौँ।  मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । 

काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।

जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जान थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ । 

संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् ।

यो समचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
 

टुँडिखेल

विशेष