अन्तिम घडीमा प्रधानमन्त्रीको निर्देशनपछि ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द
काठमाडौँ। मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई–पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो ।
बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पछि नेपाल आगामी असार महिनादेखि ‘ई– पासपोर्ट’ मा जाने भएपछि नयाँ पद्धतिको पासपोर्ट छपाइका लागि गत भदौ १० मा परराष्ट्र मन्त्रालयको राहदानी विभागले बोलपत्र आह्वान गरेको थियो ।
सुरुको ४५ दिने बोलपत्रको म्याद टुंगिएपछि २२ दिन र त्यसपछि ७ दिनका लागि म्याद थपेर शुक्रबार दिउँसो बोलपत्रका सबै प्रस्ताव सार्वजनिक गरिने टुंगो भएको थियो । ‘अन्तिम घडीमा रद्द भए पनि विस्तृतमा मलाई जानकारी भएन,’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने ।
यो समाचार आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन।
ई–पासपोर्ट