News

‘रिचार्ज कार्ड छाप्नेलाई स्टिकरको जिम्मा’ : लेखाको ‘अनुचित’ दबाब

‘रिचार्ज कार्ड छाप्नेलाई स्टिकरको जिम्मा’ : लेखाको ‘अनुचित’ दबाब

काठमाडौँ।  गैरकानुनी रिचार्ज कार्ड छाप्ने स्वदेशी उद्योगलाई अन्तःशुल्क स्टिकर छपाईको जिम्मा दिन सार्वजनिक लेखा समितिका सांसदले दबाब दिएका छन्। समितिको शुक्रबारको बैठकमा बोल्दै सभापति भरतकुमार शाह आफैंले खुलेर यस्तो लबिङ गरेका हुन्।

हालसम्म नेपालमा सुरक्षण मुद्रणसम्बन्धी मापदण्ड छैन। मदिरा तथा सूर्तिजन्य वस्तुमा टाँसिने अन्तः शुल्क स्टिकर विदेशमा छपाई हुँदै आएको छ। त्यसो त दूरसञ्चार कम्पनीका रिचार्ज कार्ड पनि सुरक्षण मुद्रणमै छाप्नुपर्छ। चार वर्षअघि लेखा समितिले दिएको निर्देशनका आधारमा दूरसञ्चार कम्पनीको मञ्जुरीमा स्वदेशमै रिचार्ज कार्ड छपाई हुँदै आएको छ। समितिले त्यसैलाई आधार बनाएर अन्तःशुल्क स्टिकरसमेत स्वदेशमै छाप्न सरकारलाई दबाब दिइरहेको छ।

कर प्रशासनले भने सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था नहुँदा अन्तःशुल्क स्टिकर छपाईमा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गरेको छ। तर, समितिले मुद्रण कम्पनी नै तोकेर स्टिकर छपाई गर्न दिनुपर्ने धारणा राखेको छ।

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा पवन तिमल्सिनाले लेखेका छन।  

रिचार्ज कार्ड

विशेष