News

भगवान शिवको स्वरुपबाट सिक्नुहोस् जीवनमा सफल हुने सुत्रहरु

भगवान शिवको स्वरुपबाट सिक्नुहोस् जीवनमा सफल हुने सुत्रहरु

हिन्दु धर्ममा पुजापाठ, ब्रत उपवासको बिशेष महत्व रहेको हुन्छ।  धार्मिक मान्यताका अनुसार भगवान भोलेनाथ मात्र त्यस्ता देवता हुन् जसको पुजा सजिलैसंग गर्न सकिन्छ।  भगवान शिव जति सरल हुनुहुन्छ उति नै उहाको स्वरुप पनि।

देवादीदेव महादेव सबै भगवानभन्दा फरक छन।  गलामा सर्पको माला, कानमा कुण्डल, बाघको छाला ओडेर खरानी घसेका अनि नन्दी वाहन।  यस्ता बिशेषरुपी भगवान शिवको जीवनीबाट मनुष्यले पनि केहि कुरा सिक्नु जरुरी छ।  आउनुहोस 

भगवान शिवको सर्पको माला र कानमा लगाएको कुण्डलबाट के सिक्न सकिन्छ भने चाहे तपाईका आसपासमा जति नै खराब मान्छे किन नहोस यदि तपाई तपाईको ठाउँमा राम्रो र सहि हुनुहुन्छ भने कसैले केहि बिगार्न सक्दैन।

भगवान शिवले ओडेका बाघको छालाबाट झन् के सिक्न सकिन्छ भने कपडा भनेको सिर्फ तन ढाक्नका लागि मात्र हो त्यसैले तपाईले पनि यस्ता बस्त्रको धारण गर्नु आवश्यक छ जुन सर्वशुलभ होस्।  

महँगो कपडाले तपाई आम मानिसबाट टाढिन सक्नुहुन्छ। हातको डमरु मानिस स्वयंको बाणी हो।  शिव सधै डमरु बजाउदैनन समय आउने बित्तिकै डमरु आफै बज्न थाल्छ।  यसको मतलब हामीले समय र परिस्थिति अनुसार सोची सम्झी मात्र बोल्नु जरुरी छ।      

धर्म संकृतिमा आधारित 

भगवान शिव

विशेष