News

जापानमा ट्रकको ठक्करबाट नेपाली युवकको ज्यान गयो

जापानमा ट्रकको ठक्करबाट नेपाली युवकको ज्यान गयो

कास्की।  तिन महिना अघि अध्ययनका लागि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ।

 जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पतालमा पुर्याउदा उनलाई चिकित्सकलके मृत घोषणा गरेका थिए।  

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान थालेको छन। 

 

जापान मृत्यु ट्रकको ठक्कर नेपाली युवक

विशेष