सीमा विवादबारे छलफल गर्न आज सर्वदलीय बैठक 

सीमा विवादबारे छलफल गर्न आज सर्वदलीय बैठक 

काठमाडौँ । भारतले नेपालको सीमा आफ्नो देशभित्र पार्ने गरी नयाँ नक्सा सार्वजनिक गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाक्नुभएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा बैठकका पुर्व प्रधानमन्त्री, पुर्व परराष्ट्रमन्त्री, विज्ञ र प्रमुख दलका नेतालाई बोलाईएको छ ।

बैठकमा नेपाली भूमी कालापानी, लिपुलेक तथा लिम्पीयाधूरा लगायतका क्षेत्रमा भारतले अतिक्रमण गरेको विषयमा छलफल हुने प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । भारतीय कदमको चौतर्फी विरोध भइरहेको बेला प्रधानमन्त्री ओलीले त्यसबारे परामर्श गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकबाट प्राप्त हुने सुझाव समेतका आधारमा सीमा विवाद समाधान गर्न सरकारले उचित कदम चाल्ने बताईएको छ । सीमा विवादका सन्दर्भमा सबै दलको साझा धारणा बुझेर आवश्यक कूटनीतिक पहल गर्ने सरकारको तयारी छ ।

यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कालापानी र लिपुलेक तथा लिम्पीयाधुरा नेपाली भूमि भएको र उक्त भूमीलाई अतिक्रमण गरिएको विषय सैह्य नहुने बताएको थियो । भारतले भने सीमा नक्सामा कुनै फेरवदल नगरिएको दावी गरेको छ ।

संम्बधित खबर

विशेष